नेदरल्याण्ड्स विश्वकप छनोट हुनुले हामी पनि गर्नसक्छौं भन्ने प्रोत्साहन मिलेको छः कप्तान पौडेल | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

नेदरल्याण्ड्स विश्वकप छनोट हुनुले हामी पनि गर्नसक्छौं भन्ने प्रोत्साहन मिलेको छः कप्तान पौडेल

काठमाडौं । जिम्बाबेमा भएको विश्वकप छनोट खेल सकेर नेपाल स्वदेश फर्किएको छ ।

शुक्रवार बिहान नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले छनोटमा आशाअनुरूपको नतिजा नआए पनि टेस्ट खेल्ने राष्ट्रबिरुद्ध खेल्दा धेरै कुरा सिक्ने अवसर मिलेको बताए ।

खेल अगाडि टेस्ट राष्ट्र जिम्बाबे र वेस्ट इण्डिजले कस्तो बलिङ र ब्याटिङ गर्छ भन्ने चासो रहेपनि उनीहरू र आफूहरूबीच अनुभवको मात्र फरक रहेको कप्तान पौडेलको बुझाइ छ । नेदरल्याण्ड्स विश्वकप छनोट हुनुले नेपाल जस्तो एसोसिएट राष्ट्रलाई हामी पनि गर्नसक्छौं भन्ने प्रोत्साहन मिलेको बताए ।

Leave a Reply