विश्वकप छनोट : नेपाल जिम्बाब्बेसँग भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विश्वकप छनोट : नेपाल जिम्बाब्बेसँग भिड्दै

आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो खेलमा आज जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । खेल जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस् क्लबको मैदानमा दिउँसो सवा एक बजे सुरु हुनेछ ।

नेपालले जिम्बावेको सिनियर टिमसँग एकदिवसीय खेलमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली राष्ट्रिय टोलीले जिम्बाब्वेसँग यसअघि कुनैपनि स्वरुपमा नखेले पनि जिम्बाब्वेविरुद्ध जित निकालेको इतिहास छ । सन् २००८ को १९ वर्ष मुनिको विश्वकपमा नेपालले जिम्बाब्वेलाई दुई विकेटले पराजित गरेको थियो । त्यतिबेला पारस खड्का नेपाली टिमको कप्तान थिए ।

कप्तान पारसले सुपर सिक्समा पुग्नु नेपालको लक्ष्य भएको बताएका छन् । नेपालले टेष्ट मान्यता प्राप्त देशसँग एकदिवसीय खेलमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बाब्वे यसअघि नौ पटक विश्वकप खेलिसकेको देश हो । नेपालले भने तेश्रो पटक विश्वकप छनोट खेल खेल्न लागेको हो ।

जिम्बाब्वेलाई छनोट खेलमा सहभागी मध्येकै बलियो टीम मानिएको छ । उसलाई घरेलु मैदान र समर्थकको पनि साथ हुनेछ । प्रतियोगितामा १० टिम सहभागी रहेकामा नेपाल सबैभन्दा धेरै युवा खेलाडी भएको टोली हो ।

नेपालले इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिगमा छनौट भएका स्पिनर सन्दीप लामिछाने तथा करण केसी, आरिफ शेख, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशीबाट ठूलो आशा राखेको छ । सन्दीप प्रतियोगिताकै आकर्षणका रुपमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);