विश्वकप छनोटः नेपाल र अफगानिस्तानबीचको खेल जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वकप छनोटः नेपाल र अफगानिस्तानबीचको खेल जारी

नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाडौं, २६ फागुन । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा आज अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

जिम्बावेको बुलावायो मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपालले यस मैदानमा पहिलोपटक खेल्न लागेको हो । शुरुवाती २ खेलमा पराजय भोगेको नेपाल सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाबमा छ ।

तीन खेलमा पराजय बेहोरेको अफगानिस्तानले पनि हालसम्म प्रतियोगितामा अंक जोड्न सकेको छैन । तर, नेट रनरेटको आधारमा अफगानिस्थान नेपालभन्दा एक स्थान माथि छ । नेपाल रहेको समूह बी बाट स्कटल्याण्डले सुपरसिक्समा स्थान पक्का गरिसकेको छ ।

बाँकी २ स्थानमा जिम्बाब्वे, नेपाल, हङकङ र अफगानिस्तान सबैको सम्भावना कायमै छ । जिम्बाब्वेले २ खेल जितिसकेको अवस्थामा उसको सम्भावना सबैभन्दा बढी छ । हङकङले पनि १ खेल जितेको छ ।

प्रतियोगिताबाट नेपालले आगामी ४ वर्षका लागि एकदिवसीय मान्यता पक्का गर्ने लक्ष्य राखेको छ । त्यसका लागि आजको खेलमा अफगानिस्तान र सोमबार हङकङलाई हराउनुपर्ने हुन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);