नेपाल टस जितेर ब्याटिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

नेपाल टस जितेर ब्याटिङ गर्दै

nepali cricket

दोस्रो एकदिवसीय खेलमा शक्ति गौचन र करण केसी प्लेइङ ११ मा परेनन्

काठमाडौं, १८ साउन । नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेल जारी छ । नेदरल्याण्डको एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा नेपालले टस जितेर व्याटिङ गरिरहेको छ ।

नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा शक्ति गौचन र करण केसी प्लेइङ ११ मा परेनन् । साथै पहिलो खेलमा घाइते भएका शरद भेषवाकर पनि आजको खेलमा छैनन् । सुवास खकुरेल, ललित भण्डारी र रोहितकुमार पौडेलले प्लेइङ ११ मा स्थान पाएका छन्।

बुधबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । पहिलो खेलमा हार बेहोरेपछि अंक बराबर गर्न पनि नेपाल दोस्रो खेल जित्नैपर्ने दबाबमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);