टस जितेर नेपाल क्यानडाविरुद्ध बलिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

टस जितेर नेपाल क्यानडाविरुद्ध बलिङ गर्दै

एजेन्सी, २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–टु अन्तर्गत नेपाल र क्यानडाबीचको खेल जारी छ । नामिबियाको विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा नेपाल टस जितेर बलिङ गरिरहेको छ ।

अहिलेको स्थितिमा क्यानडाले ९ ओभर खेल्दै ४४ रन बनाएको छ । नेपाल हालसम्म खेलको चार खेलमा तीन खेलमा जित निकाल्दै ६ अंकसहित तेस्रो स्थानमा छ । समान खेल र अंक रहेको नामिबिया रनरेटको आधारमा दोस्रो स्थानमा छ भने क्यानडा पहिलो स्थानमा छ ।

समान अंक भए पनि रनरेट कम भएका कारण जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा सहभागि हुन नेपालले आजको खेल जित्नैपर्ने दबाब छ । ६ राष्ट्र सम्मिलित डिभिजिन–टूको शीर्ष दुई टोलीले छनोट खेल खेल्न पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);