क्यानडाले दियो नेपाललाई १९५ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

क्यानडाले दियो नेपाललाई १९५ रनको लक्ष्य

काठमाडौं, २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–टु अन्तर्गत नेपाल र क्यानडाबीचको खेलको पहिलो इनिङ सकिएको छ । क्यानडाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै १९४ रन बनाएको छ ।

नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिएका छन् । यसैगरी सन्दिप लामिछानेले २ विकेट लिए । करण केसी र सरद भेष्वाकरले समान १-१ विकेट लिए। केहीबेरमा नेपालले जवाफि व्याटिङ गर्दैछ ।

नेपाल हालसम्म खेलको चार खेलमा तीन खेलमा जित निकाल्दै ६ अंकसहित तेस्रो स्थानमा छ । समान खेल र अंक रहेको नामिबिया रनरेटको आधारमा दोस्रो स्थानमा छ भने क्यानडा पहिलो स्थानमा छ ।

समान अंक भए पनि रनरेट कम भएका कारण जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा सहभागि हुन नेपालले आजको खेल जित्नैपर्ने दबाब छ । ६ राष्ट्र सम्मिलित डिभिजिन–टूको शीर्ष दुई टोलीले छनोट खेल खेल्न पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);