खराब ब्याटिङसँगै नेपाल नामिबियासँग पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

खराब ब्याटिङसँगै नेपाल नामिबियासँग पराजित

काठमाडौं।आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । सोमबार राति स्कट्ल्यान्डको न्यु  काम्बसडनमा सम्पन्न खेलमा पराजित भएसंगै नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा हारबाट सुरुवात गरेको हो।

२२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८० रनमा समेटियो ।नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रन बनाए । यस्तै, देव खनालले ३४, कुसल भुर्तेलले २७, करण केसी १९, आसिफ शेख १४,  आदील आलम र सोमपाल कामी समान १० रन जोडे ।यस्तै, दिपेन्द्र सिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा आउट हुँदा  उपकप्तान रोहित पौडेल र कप्तान सन्दीप लामिछाने सुन्यमा पेभेलियन फर्किए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनायो ।नामिबियाका जान निकोल लोफ्टीले सर्वाधिक  ६० रन बनाए । यस्तै, डिभान ला ककले ४१,  गेर्हार्ड एरास्मुसले २२ रन, क्रेग विलियम्सले २१ जोडे। नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले ५४ रन खर्चिए । यस्तै, सोमपाल कामीले २,  करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए।

हारसँगै नेपाल डिभिजन लिग २ को अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ । नामिबिया १६ खेलमा १६ अंक जोडेर पाँचौं स्थानमा छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);