नेपाल भारतकाे ‘ए’ टिमसँग ८ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपाल भारतकाे ‘ए’ टिमसँग ८ विकेटले पराजित

nepalvsindia

काठमाडौं, २९ भदौ । भारत र अफगानस्तान सम्मिलीत यू–१९ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । शुक्रबार भारतको लखनउमा भएको खेलमा भारतको ए टिमसँग ८ विकेटले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

इकाना अन्तर्राराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४५ ओभर ५ बलमा १ सय ६५ रनमा अलआउट भयो । नेपालका तीनजना खेलाडीले मात्रै दोहोरो रन बनाए । जसमा सन्दिप जोराले ६६, त्रितराज दासले ४६ र भिम शार्कीले २८ रन बनाएका थिए । १ सय ४२ रनमा ६ विकेट खेर फालेको नेपालले अरु १४ रन थप्दा अल आउट हुन पुग्यो ।

जवाफमा उत्रेको भारतले २४ ओभर १ बलमा २ विकेट गुमाउँदै लक्ष्य हासिल गर्‍यो । भारतका लागि अनुज रावतले ४७ रन बनाए भने वाइभी राथोडले ५९ र प्रभासिमरन सिंहले ४६ रन बनाए । बलिङतर्फ नेपालका पवन सराफ र कमलसिंह ऐरीले एकएक विकेट लिएका थिए ।

नेपाल पहिलो खेलमा भारतको बी टिमसँग ४० रनले पराजित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);