नेपालले दियाे भारतको ए टिमलाइ १५७ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालले दियाे भारतको ए टिमलाइ १५७ रनको लक्ष्य

nepalvsindia

काठमाडौं, २९ भदौ । भारतमा जारी उन्नाइस वर्षमुनि एकदिवसीय क्रिकेट अन्तर्गत शुक्रबार नेपाली युवा टोलीले आफ्नो दोस्रो खेल भारत ‘ए’ टोलीसँग खेलिरहेको छ ।

भारतको लखनउ स्थित इकाना अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भारतको ए टिमलाइ एक सय ५७ रनको लक्ष्य दिएकाे छ । नेपाल ४५ ओभर ५ बलमा एक सय ५६ रनमा अलआउट भएको छ ।

नेपालका सन्दिप जोराले ६६ तथा भिम शार्कीले २८ र त्रितराज दाशले ४६ रन बनाएका छन् । ९२ रन हुदा मात्र चार विकेट गुमाएको नेपालले ए कसय ४२ रनमा ६ विकेट खेर फाल्यो । त्यसपछि अरु १४ रन थप्दा अलआउट हुन पुग्यो ।

बुधबार भएको पहिलो खेलमा नेपाल भारतको बी टोलीसँग ४० रनले पराजित भएको थियो ।आगामी असोज १३ गतेदेखि बंगलादेशमा हुने यू–१९ एशिया कपको तयारीका रुपमा उक्त प्रतियोगितालाई हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);