पीएनजीले नेपाललाई दियो १ सय ३५ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पीएनजीले नेपाललाई दियो १ सय ३५ रनको लक्ष्य

काठमाडौं । पपुवा न्युगिनी (पीएनजी)ले नेपाल सामु १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिला बलिङ गरेको नेपालले पीएनजीलाई ३३ ओभरमा १३५ रन बनाउँदा अलआउट गरेको हो ।

पपुवा न्युगिनीलाई सस्तो रनमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । डेब्यु विक्रम सोब र कुशल मल्लले समान दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए भने एक खेलाडी रन आउट भएका थिए । 

पपुवा न्युगिनीका लेगा सियकाले ३८ बलमा ३० रन बनाए । कार्लेस अमिनीले २३ र गाउदी टोकाले २२ रन बनाए । 

यसअघि टस जितेर पपुवा न्युगिनीले ब्याटिङ रोजेको थियो । 

पपुवा न्युगिनीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यु गरेका छन् । नेपाली टोलीमा दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसीलाई आराम दिएको छ । 

दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको हो । नेपालले त्रिदेशीय शृंखलामा २८ भदौमा अमेरिका, २९ भदौमा ओमान, १ असोजमा अमेरिका र  २ असोजमा ओमानसँग खेल्नेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);