नेपालद्वारा केन्या सात विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालद्वारा केन्या सात विकेटले पराजित

३० फाल्गुन, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाचौं चरणको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको छ ।

नेपालद्वारा केन्या सात विकेटले पराजित

३० फाल्गुन, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाचौं चरणको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको हो । केन्याले दिएको १ रनको ५६ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर २ बलमा ३ विकेटको क्षतीमा पुरा ग¥यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिहं एरीले अर्धसतकीय पारी खेले ।  दिपेन्द्र सिहं एरी ६२ रनमा क्याच आउट भए  भने ज्ञानेन्द्र मल्लले अविजित ६४ रन बनाए । शरद भेषवाकर पनि अविजित २४ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १  बलमा पुरै विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । केन्यालाई सस्तैमा समेट्ने क्रममा मेहबुब आलमले चौथो ओभरमा २ विकेट लिए । त्यसपछिको ५ ओभर लगातार मेडन फाल्दै उनले केन्याका ब्याट्स्म्यानलाई ब्याकफुटमा खेल्न बाध्य बनाए ।

त्यसपछि भने सम्हालिएर खेल्दै तेस्रो विकेटका इर्फान करिम र कोलिन्स अबुयाले ७९ रनको साझेदारी गरे । त्यस्तै नेपालका लागि शरद भेषवाकरले ४ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट र सन्दीप लामिछाने र सागर पुनले १–१ विकेट लिए । जितसंगै च्याम्पियनसिपको शीर्ष चारमा रहँदै विश्वकप छनोट खेल्ने नेपालको संभवाना कायम रहेको छ ।  अब नेपालले छैटौ चरणमा हङकङ र सातौं चरणमा युएईसँग खेल्ने छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);