आजको खेलमा नेपालको सानदार सुरुवात, यसरी भैरहेछ खेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आजको खेलमा नेपालको सानदार सुरुवात, यसरी भैरहेछ खेल

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदा कीर्तिपुरमा केन्याविरुद्ध नेपालको खेल जारी छ ।

आजको खेलमा नेपालको सानदार सुरुवात

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदा कीर्तिपुरमा केन्याविरुद्ध नेपालको खेल जारी छ ।

शनिबार वर्षाले प्रभावित खेलमा केन्यासँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि कप्तान पारस खड्काबिनै मैदानमा उत्रिएको छ ।

टस जितेर बलिङ रोजेको नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले लिएका छन् । नेपालले टस जितेर पहिले बलिङ रोजेको नेपालले यो समाचार तयार पार्दा सम्म २६ ओभरमा २ विकेटको क्षतीमा केन्याले ८३ रन बनाएको छ ।

सोमबार मौसम सफा भएकाले ५० ओभरकै खेल हुनेछ । विरामी भएका कारण नियमित कप्तान पारस खड्का खेलको छैनन् । नेपाली टोली ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा छ ।

केही दिन अघि पेटको शल्यक्रिया गरेका पारसको स्वास्थ्य अवस्था पूर्णतया फिट भइनसकेकाले केन्यासँगको पहिलो खेलमा पनि उनी खेलेका थिएनन् । शनिबारको खेल हारेपछि प्रतियोगिताको शीर्ष ४ मा रहने गणितीय सम्भावना मात्र बाँकी छ ।

पहिलो खेलमा ५ विकेटको हार बेहोरेको नेपालको लागि दोस्रो खेल गर या मरको अवस्थामा छ । केन्यासँगको जितले मात्र नेपाललाई शीर्ष चारमा पर्ने सम्भावना कायम गराउँछ । हारले भने नेपालको शीर्ष चारमा पर्ने सम्भावना झनै कठिन हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);