नेपालसँग युएई ४ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपालसँग युएई ४ विकेटले पराजित

nepal cricket

काठमाडौं, १७ माघ । नेपालले युएईसँगको टी-२० सिरिजको दोस्रो खेल ४ विकेटले जितेको छ । युएईले दिएको १०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा ६ विकेटको क्षतिमा जित हात पारेकाे हाे ।

व्याटिङमा सर्वाधिक दिपेन्द्र सिंह ऐरीले अविजित ४७ रन बनाए । यसैगरी करन केसीले २० रन, पवन सराफले १८, प्रदिप ऐरीले ८ रन, ज्ञानेन्द्र मल्लले ७ रन, सन्दीप जोराले १ रन, बनाए । पारस खड्का शुन्य रनमा आउट भए ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर व्याटिङ रोजेको युएईले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०७ रनमा अलआउट भएको थियो ।

यसैबीच हिजो भएको टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो । यो सँगै नेपाल र युएईबीचको टी-२० श्रृखला १/१को बराबरीमा पुगेको छ । नेपाललाई अबको खेल जित्नै पर्ने दबाब छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);