महिला टी–२० स्मास क्रिकेट : यूएईलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महिला टी–२० स्मास क्रिकेट : यूएईलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

nepalvsthailand t20 smash

काठमाडौं, ३० पुस । थाइल्याण्डमा भइरहेको महिला टी–२० स्मास क्रिकेटमा लगातार तीन खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको छ । तेस्रो खेलमा सोमबार नेपालले युएईलाई ६ विकेटले हराएको हो । नेपालले यसअघि पहिलो खेलमा चीनलाई १० विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

सोमबार पहिले टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदा लक्ष्य पूरा गरेको हो ।

नेपालकी सीता रानामगरले ३७, काजल श्रेष्ठले २५ साथै इन्दु बर्माले १३ रन बनाए । यस्तै रुवीना क्षेत्रीले ९ र नेरी थापाले ६ रन बनाईन्  ।

बलिङतर्फ सोनु खड्का, सीता राना मगर र करुणा भण्डारीले एक–एक विकेट लिएका थिए । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);