इङ्लिस प्रिमियर लिग: म्यान्चेस्टर युनाईटेडद्वारा टोटनह्याम हट्सपर पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इङ्लिस प्रिमियर लिग: म्यान्चेस्टर युनाईटेडद्वारा टोटनह्याम हट्सपर पराजित

football

काठमाडौं, ३० पुस । इङ्लिस प्रिमियर लिग फुटबल अन्तरगत आइतवार राती भएको खेलमा म्यान्चेस्टर युनाईटेडले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ ।

टोटनह्यामको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड १–० ले विजयी भयो । पूर्व खेलाडी ओले गुना सोल्सायर प्रशिक्षकमा नियुक्त भएपछि युनाइटेडको यो लगातार छैटौं जित हो । आइतवार राती टोटनह्यामविरुद्ध म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले निर्णायक गोल गरेका थिए ।

जितसँगै म्यानचेष्टर युनाइटेड ४१ अंक बनाउँदै लिगको अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । यो पराजयका कारण टोटनह्यामलाई भने उपाधि अभियानमा धक्का लागेको छ । ४८ अंक बनाएको टोटनह्याम लिग लिडर लिभरपुलभन्दा ९ अंकले पछि परेको छ । प्रिमियर लिग अन्तर्गत आइतवार रातीनै भएको अर्को खेलमा एभर्टनले बर्नमाउथलाई २–० ले हराएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);