इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौं, ५ कार्तिक । इंग्लिश प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन्।अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नलेलाई ३-० ले पराजित गरेको हो । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडलाई भने हडर्सफिल्ड टाउनले २-१ ले पराजित गर्‍यो।

जोजे मौरिन्होको प्रशिक्षणमा रहेको म्यान्चेस्टर युनाईटेडको जारी सिजनमा यो पहिलो हार हो। प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले वाट्फोर्डलाई ४-२ ले हराँउदा न्युकासल युनाईटेडले क्रिष्टल प्यालेसलाई १-० ले पराजित ग-यो।

लेष्टर सिटीले स्वान्सी सिटीलाई तथा बर्नमाउथले स्टोक सिटीलाई समान २-१ गोल अन्तरमा पराजित गर्दा साउथह्याम्पटनले वेष्ट ब्रोमलाई १-० ले पराजित गरेको छ। प्रिमियर लिग फुटबलमा आज राति आर्सनल र एभर्टन तथा लिभरपुल र टोटनह्याम हट्सपर भिड्नेछन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);