प्रिमियर लिग : सिटीसँग ५–० गोल अन्तरले बर्नली पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

प्रिमियर लिग : सिटीसँग ५–० गोल अन्तरले बर्नली पराजित

एजेन्सी, १४ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राति सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले बर्नलीलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले एक-एक गोल गरे । बर्नलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा सिटीले छैटौं मिनेटमा महरेजको गोलबाट अग्रता बनाएको थियो ।

खेलको २२ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए । ४१ औं मिनेटमा मेन्डीले गोल गरेपछि पहिलो हाफमा सिटी ३–० ले अघि रह्यो । त्यसपछि खेलको ६६ औं मिनेटमा टोरेसले गोल गर्दै टोलीको अग्रता ४–० को बनाए । र खेलको ६९ औं मिनेटमा महरेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा सिटीले ५–० को फराकिलो जित निकाल्न सफल भयो ।

यससँगै महरेज सिटीका लागि प्रिमियर लिगमा ह्याट्रिक गर्ने दोस्रो अफ्रिकन खेलाडी बनेका छन् । जितसँगै सिटी लिगको आठौं स्थानमा उक्लिएको छ । सिटीले ९ खेलमा १५ अंक जोडेको छ । बर्नली ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);