सिटीसँग पीएसजी २–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

सिटीसँग पीएसजी २–० गोल अन्तरले पराजित

एजेन्सी । प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई दोस्रो लेगको खेलमा २–० ले हराउँदै समग्रमा ४–१ को नतिजासहित सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनल प्रवेश गरेको हो ।

दोस्रो लेगमा सिटीलाई जित दिलाउन रियाद महरेजले दुवै गोल गरे । खेलको ११ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै महरेजको सिटीको जित सुनिश्चित गरे ।

पीएसजीले १० खेलाडीमा सिमिति रहदै खेलको अन्त्य गरेको थियो । एन्जल डी मारिया रातो कार्ड खादै मैदान बाहिरिएपछि लिग वान क्लब १० खेलाडीमा सिमित बनेको थियो ।

पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो । अव सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाईनल खेल टर्कीको इस्तानबुलमा मे २९ मा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);