म्यानचेस्टर सिटीले उचाल्यो प्रिमियर लिग फुटबलको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

म्यानचेस्टर सिटीले उचाल्यो प्रिमियर लिग फुटबलको उपाधि

एजेन्सी । म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा सानदार जित निकाल्दै उपाधि उचालेको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले एभर्टनलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो ।

सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई तथा केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

१४ औं मिनेटमा जिससले गोल गर्दै सिटीको अग्रता २–० को बनाए । खेलको ५३ औं मिनेटमा फोडेनले गोल गर्दै टिमको अग्रता ३–० को बनाए । ७१ औं मिनेटमा सिटीका लागि अन्तिम खेल खेलिरहेका अग्युरोले गोल गर्दै टिमको अग्रता ४–० को बनाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० को जित दिलाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);