इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको पहिलो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ ।

शनिबार घरेलु मैदानमा भएको खेलमा नर्विच सिटीलाई ५–० गोल अन्तरले पराजित गर्दै सिटीले पहिलो जित निकालेको हो । सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, एम्रिक लापोर्टे, रहिम स्ट्रर्लिङ र रियाद महरेजले एक एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको सातौं मिनेटमा नर्विचका गोलकिपर टिम क्रुलको आत्मघाती गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको थियो । खेलको २२ औं मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीको अग्रता २–० को बनाए । त्यसैगरी खेलको ६४ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए ।

त्यसपछि ७१ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दा सिटीको अग्रता ४–० को बन्यो । र खेलको ८४ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए । जितसँगै सिटीले २ खेलमा ३ अंक जोडेको छ ।

लगातार दोस्रो हार व्यहोरेको नर्विचले अंक जोड्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);