इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एजेन्सी , ४ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो जित निकालेको छ ।

 

म्यानुले दोस्रो जित निकाल्दा लिभरपुल र लेस्टर सिटी पनि आ आफ्नो खेलमा विजयी भएका छन् । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले स्वान्सी सिटीलाई ४–० ले पराजित गरेको छ । अवे मैदानमा भएको खेलमा एरिक बेलीले ४५ औं मिनेटमा गरेको गोलमा पहिलो हाफमा १–० को अग्रता लिएको म्यानुले दोस्रो हाफमा थप तीन गोल ग¥यो । ८० औं मिनेटमा रामेलु लुकाकु, ८२ औं मिनेटमा पउल पोग्बा र ८४ औं मिनेटमा एन्थोनी मार्शलले गोल गर्दै म्यानुलाई ४–० को जित दिलाएका हुन् । यसअघि यो सिजनको आफ्नो पहिलो खेलमा म्यानुले वेष्ट ह्याम युनाइटेडलाई पनि ४–० ले नै हराएको थियो ।

 

यस्तै, लिभरपुलले क्रिष्टल प्यालेसलाई १–० तथा लेस्टर सिटीले ब्राइटनलाई २–० ले पाखा लगाएका छन् । लिभरपुललाई तीन अंक दिलाउने क्रममा साडिओ मानेले खेलको ७३ औं मिनेटमा गोल गरे । लेस्टरको जितमा शिन्जी ओकाजाकीले खेलको पहिलो मिनेटमा तथा ह्यारी मागुइरीले ५४ औं मिनेटमा गोल गरे । गएराति नै भएको अर्को खेलमा आर्सनल भने स्टोक सिटीसँग १–० ले पराजित भएको छ । स्टोक सिटीको जितमा जेसी रोड्रिग्वेजले निर्णायक गोल गरे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);