ला लिगाः नवप्रवेशी गिरोनासँग बराबरीमा रोकियो एथ्लेटिको म्याड्रिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एजेन्सी, ४ भदौ । ला लिगा अन्तर्गत शनिबार भएको पहिलो खेल नवप्रवेशी गिरोनासँग एथ्लेटिको म्याड्रिड बराबरीमा टुगिंएको छ । एन्टोनी ग्रीजमन रेड कार्ड पाएर बाहिरिएपछि १० खेलाडिमा सिमित रहेको एथ्लेटिको म्याड्रिडको उत्कृष्ट प्रदर्शनका कारण खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

 

 

गिरोनाका लागि क्रिस्टियन स्तुअनीलले लगातार २२औँ र २५औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफसम्म आफ्नो प्रदर्शन देखाउन नपाएको एथ्लेटिकोले दोस्रो हाफको ७८औँ मिनेटमा एन्जेल कोरेअ र ८५औँ मिनेटमा राउल जिमिनेजले गोलपछि खेल बराबरीमा टुगिंएको हो ।

 

 

एथ्लेटिकोका स्ट्राइकर एन्टोनी ग्रीजमन खेलको ६७औँ मिनेटमा रेड कार्ड पाएर बाहिरिएका थिए । उनी दोहोरो पहेंलो कार्डका कारण खेलबाट बाहिरिनु परेको थियो ।

 

 

ला लिगा अन्तर्गत राति नै भएका खेलमा रियल सोसिडाडले सेल्टा डि भिगोलाई ३–२ ले हरायो । सेभिल्ला र इस्पानियोलले १–१ को बराबरी खेल्दै अंक बाँडे । ला लिगा अन्र्तगत आइतबार राति बार्सिलोना र रियल बेटिस तथा डिर्पोटिभो ला कोरुना र रियल म्याड्रिडबीच खेल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);