नेइमार चम्किएपछि पिएसजीको शानदार जित, तुलुज ६-२ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

काठमाडौँ, ५ भदौ । आइतबार राति भएको खेलमा नेइमारको उत्कृष्ट प्रदर्शनसँगै तुलुजमाथि पिएसजीले ६-२ को शानदार जित निकालेको छ। भर्खरै बार्सिलोनाबाट पिएसजीमा अनुबन्धित भएका उनी यो खेलबाटै पहिलो पटक होमग्राउण्डमा उत्रिएका हुन्।

 

खेल शुरु भएको १८ औँ मिनेटमा तुलुजका लागि म्याक्स गार्डेलले गोल गर्दै अग्रता दिलाए भने पिएसजीका लागि नेईमारले खेलको ३१ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। नेइमारले दोस्रो गोल भने अतिरिक्त समयमा थपेका हुन्। यो सँगै नेईमारले लिग वानको यो सिजनमा ३ गोल पुर्‍याए।

 

पिएसजीका लागि एड्रियन रेबिओटले ३५ औँ मिनेटमा, एडिन्सन काभानीले पेनाल्टीमार्फत ७५ औँ मिनेटमा, जेभियर पास्तोरले ८२ औँ मिनेटमा र कुर्जावाले ८४ औँ मिनेटमा एक-एक गोल गरेका थिए। अहिलेसम्म तीन खेल नै जितेर पिएसजी ९ अंकका साथ गोलअन्तरले अंकतालिकाको शीर्ष स्थानमा रहेको छ।

ताजा समाचार