इंग्लिश प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीको जित | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

इंग्लिश प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीको जित

एजेन्सी, १९ फागुन । इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले जित निकालेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई ४–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा सिटीले तीन गोल ग¥यो भने एक गोल उपहारमा पायो ।

उसका लागि गाब्रियल जिससले दुई तथा रियाद महरेजले एक गोल गरे । १५ औँ मिनेटमा वुल्भ्सका डेन्डन्करले गरेको आत्मघाति गोलबाट सिटीले अग्रता लिएको थियो । ६१ औँ मिनेटमा कोडीले वुल्भ्सका लागि बराबरी गोल फर्काए । जिससले ८० र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरे ।

यस्तै महरेजले ९० औँ मिनेटमा गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको सिटीको २७ खेलबाट ६५ अंक भएको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड १५ अंकले पछि रहेको छ । यस्तै तेस्रो स्थानको लेस्टर सिटीभन्दा म्यानचेस्टर सिटी १६ अंकले अघि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);