च्याम्पियन्स लिगको नयाँ सिजनमा डोनेस्कलाई हराउँदै म्यानचेस्टर सिटीको शानदार जीत | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

च्याम्पियन्स लिगको नयाँ सिजनमा डोनेस्कलाई हराउँदै म्यानचेस्टर सिटीको शानदार जीत

man.city vs donetsk

एजेन्सी, २ असोज । च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटीले शानदार जीतको सुरुवात गरेको छ । युरोपियन प्रतिस्पर्धाको नयाँ सिजन अन्तर्गत अवे मैदानमा भएको बुधवार राति भएको आफ्नो पहिलो खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले शाख्तर डोनेस्कलाई पराजित गरेको हो ।

समूह सी अन्तर्गतको खेलमा सिटीले डोनेस्कलाई ३–० ले हराएको हो । सिटीको जितमा रियाद महरेज, आइकेली गुण्डोगान र गाब्रिएल जिससले गोल गरे । पहिलो हाफमा महरेजले २४ औँ तथा गुण्डोगानले ३८ औँ मिनेटमा गोल गरे । जिससले ७६ औँ मिनेटमा गोल गरेपछि सिटीले ३–० को जित निश्चित गरेको हो । सोही समूह अन्तर्गतको अर्को खेलमा डिनामो जाग्रेबले एटलान्टालाई ४–० ले पराजित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);