च्याम्पियन्स लिग : एन्जल डी मारियाको दुई गोलको सहयोगमा पीएसजीको सहज जित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

च्याम्पियन्स लिग : एन्जल डी मारियाको दुई गोलको सहयोगमा पीएसजीको सहज जित

psg-real-madrid

एजेन्सी, २ असोज । एन्जल डी मारियाको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा सहज जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली पीएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

मारियाले सुरुवातमै दुई गोल गर्दै पीएसजीको जित यात्रालाई निकै सहज बनाए । मारियाले १४ औ मिनेटमा पीएसजीलाई सूरुवाती अग्रता दिलाए । ३३ औ मिनेटमा डि बक्स बाहिरबाट कठिन कोणबाट दोस्रो गोल गरे । अर्को एक गोल दोस्रो हाफको ईन्जुरी समयमा थोमस म्युनिरले गरेका थिए । समुह ए मा पीएसजीले ३ अंक जोड्न सफल भएको छ भने रियल अंक विहिन छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);