फ्रेन्च लिग वानमा पीएसजीको शानदार जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फ्रेन्च लिग वानमा पीएसजीको शानदार जित

psg

काठमाडौं,४ माघ । फ्रेन्च लिग वानमा पीएसजीको शानदार जित, डिजोनमाथिको ८–० को जितमा नेयमारको चार गोल । फ्रेन्च लिग वानमा लिग लिडर पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले शानदार जित दर्ता गरेको छ । पीएसजीका लागि एन्जल डी मारियाले दुई तथा एडिसन काभानी र केलियन एमबाप्पेले एक \ एक गोल गरे । घरेलु मैदानमा भएको खेलमा डी मारियाले खेलको चौंथो र १५ औं मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएकामा २१ औं मिनेटमा काभनीले अग्रता ३–० पु¥याए ।

खेलमा चार गोल गरेका नेयमारले भने पहिलो गोल ४२ औं मिनेटमा गरेका हुन् । नेयमारले ५७ र ७३ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेकामा ८३ औं मिनेटमा पेनाल्टीमार्फत चौंथो गोल गरेका हुन् । त्यसअघि ७७ औं मिनेटमा एमबाप्पेले गोल गरेका थिए । डिजोनमाथिको जितसँगै पीएसजीको २१ खेलबाट ५६ अंक भएको छ ।पीएसजी दोस्रो स्थानको लियोनभन्दा ११ अंकले अगाडि छ । गएराति भएको अर्को खेलमा गुइन्गाम्पलाई २–० ले पराजित गरेर लियोन दोस्रो स्थानमा उक्लिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);