शीतकालीन ओलम्पिकमा साझा झण्डासहित मार्चपास गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

शीतकालीन ओलम्पिकमा साझा झण्डासहित मार्चपास गर्ने सहमति

काठमाडौं,४ माघ । उत्तर र दक्षिण कोरियाबीच शीतकालीन ओलम्पिकमा साझा झण्डासहित मार्चपास गर्ने सहमति, सहमतिसँगै कोरिया प्रायद्विपमा जारी तनाव कम हुने अनुमान । दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकमा उत्तर र दक्षिण कोरियाले साझा झण्डासहित मार्चपास गर्ने सहमति गरेका छन् । उत्तर र दक्षिण कोरियाबीच आउँदो फेब्रुवरीमा हुने शीतकालिन ओलम्पिकमा पुरानो एकिकृत कोरियाको झण्डासहित मार्चपास गर्ने सहमति भएको हो ।

सहमतिसँगै कोरिया प्रायद्विपमा जारी द्वन्द्व कम हुने अनुमान गरिएको छ । दुई कोरियाका उच्च नेताबीच सीमावर्ती सहर पान्मुन्जोममा भएको वार्तामा भएको सहमति अनुसार दुई देशका महिला आइस हकी टिमले साझा झण्डा लिएर मार्चपास गर्ने छन् । शीतकालिन ओलम्पिक आउँदो फेब्रवरी ९ मा प्योङचाङमा सुरु हुँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);