उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ताको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ताको प्रस्ताव

एजेन्सी । दक्षिण कोरियाले शीतकालीन ओलम्पिकमा सहभागिताका लागि उत्तर कोरियासँग उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको छ । उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकका लागि खेलाडी पठाउने बताएपछि दक्षिणले सकारात्मक प्रतिक्रिया दिएको हो ।

दक्षिण कोरियाले तनावकाबीच सम्बन्धमा केही सुधार आउने संकेत देखिएको प्रतिक्रिया दिएको छ । युद्धविराम भएको पाम्मुन्जुम गाउँमा वार्ता गर्न सकिने दक्षिण कोरियाका एकतामन्त्री चो मियोङ्ग ग्योनले बताएका छन् ।

जनवरी ९ का लागि प्रस्तावित वार्तामा को–को सहभागी हुन्छन् भन्ने विषयमा स्पष्ट भइसकेको छैन । ओलम्पिक खेल दुई देशको तनाव कम गर्ने अवसर रहेको दक्षिणका राष्ट्रपति मुन जे ईनको भनाइ छ ।

मंगलवारको मन्त्रिपरिषद् बैठकमा दक्षिणका राष्ट्रपति मून् जे–इनले उत्तरका नेता किम जोङ उनको पछिल्लो भनाइ स्वागतयोग्य भएको बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);