यौन दुर्व्यवहारविरुद्ध नयाँ अभियान | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

यौन दुर्व्यवहारविरुद्ध नयाँ अभियान

एजेन्सी, १६ पुष । कार्यस्थलमा हुने यौन दुर्व्यवहारविरुद्ध लड्न ३ सयभन्दा बढी अभिनेत्री, महिला निर्देशक र मनोरञ्जन उद्योगका कार्यकारीहरूले संयुक्त राज्य अमेरिकामा एउटा अभियान थालेका छन्।

‘टाइम’ज अप’ अर्थात् समय सकियो नाम दिइएको उक्त अभियानमा केट ब्लान्चेट, अमेरिका फेरेरा, इभा लोङगोरिया र नटाली पोर्टमेन जस्ता प्रसिद्ध हलिवूड अभिनेत्री आबद्ध छन् ।

काम आय हुने रोजगार स्थलमा दुर्व्यवहार बेहोरिरहेका महिला र पुरुषलाई कानूनी सहायता उपलब्ध गराउन उक्त अभियानले एक करोड ३० लाख डलरभन्दा बढी रकम संकलन गरिसकेको छ।

अमेरिकामा एकजना चलचित्र निर्माता हार्भी वाइनस्टिनसहित कैयौँ चर्चित व्यक्तिमाथि यौन दुर्व्यवहारमा संलग्न भएको आरोप लागेको छ।

ताजा समाचार