अमेरिकाका पूर्वराष्ट्रपति बुसमाथि चौथो पटक यौन दुर्व्यवहारको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, १४ कार्तिक । अमेरिकाका पूर्वराष्ट्रपति एचडब्लू बुस माथि पुन यौन दुर्व्यवहारको आरोप लागेको छ । अमान्डा नाम गरेकी महिलाले आफूमाथि पूर्वराष्ट्रपति बुसले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।

सन् २००६ को एक कार्यक्रममा बुसले भद्दा किसिमले आफ्नो शरीरमा हात राखेको अमान्डाले दाबी गरेकी छिन् । ११ वर्षपछि अमान्डाले सो घटनाको सार्वजनिक गरेकी हुन् । ९३ वर्षीय बुसमाथि चौथोपटक यौन दुर्व्यवहारको आरोप लागेको हो ।

सन् २००६ मा चुनावी अभियान कार्यक्रममा सहभागी हुँदा बुस आफूसँगै नजिक बसेको अमान्डाले बताइन् । बुसले कम्मरभन्दा मुनिको भागमा हात राखेको अमान्डाले प्रहरीलाई दिएको रिपोर्टमा उल्लेख छ ।

इता, बुसकी प्रवक्ता जिम म्याकग्राथले महिलाको आरोप झुटो भएको दाबी गरेकी छिन् । पछिल्लो समय बुसको हात काँप्ने गरेको म्याकग्राथले जानकारी दिएकी छिन् । वर्षौंदेखि पूर्वराष्ट्रपति बुस हात काँप्ने रोगबाट ग्रसित छन्, हात काँप्ने समयमा उनले नजिकै रहेको व्यक्तिको सहयोग लिने गरेको देख्छु,’ बुसको रोगसम्बन्धी थप जानकारी दिँदै म्याकग्राथले भनिन्, ‘सम्भवतः त्यसवेला पनि बुसले नजिक बसेकी महिला ९अमान्डा०सँग कुराकानी गरेको हुनुपर्छ, त्यसवेला उनको हात पनि काँप्यो होला र उनले महिलालाई छुन पुगे ।’

विगत पाँच वर्षदेखि बुस ह्विलचेयरको सहयोगमा जीवन बिताइरहेका छन् । यसअघि सन् २०१४ मा नायिका हिथरले, सन् २०१६ मा अभिनेत्री जार्डना ग्रोनिकले र गत शुक्रबार अमेरिकी लेखिका क्रिस्टिना बेकरले पनि पूर्वराष्ट्रपति बुसले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);