नेकपा सचिवालय बैठक: महरालाई दुबै पदबाट राजिनामा दिन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेकपा सचिवालय बैठक: महरालाई दुबै पदबाट राजिनामा दिन निर्देशन

mahara

काठमाडौं, १४ असोज । यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई सांसद र सभामुख पदबाट राजिनामा दिन निर्देशन गरेको छ ।

सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोपमा लागेको थियो । संसद सचिवालयमै कार्यरत एक कर्मचारीले सभामुखबाट आफूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएकी हुन् ।

सभामुख महरामाथिको गुनासो नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी भने परेको छैन । संसदकी कर्मचारीले आइतबार साँझ सभामुख महराले आफूमाथि असामान्य व्यवहार गरेको आरोप लगाएकि थिईन ।

उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू यौन दुर्व्यवहारको शिकार भएको दाबी गरेकि थिइन ।

दुर्व्यवहारपछि आफूले प्रहरी बोलाएको र प्रहरी आउनुअघि नै सभामुख महरा बाहिरिएको बताइन् । प्रहरीले आफ्नो कोठाको तत्कालीन अवस्थाको फोटो र भिडियोसमेत खिचेर लगेको ती कर्मचारीको भनाइ छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);