महरालाई थप सात दिन थुनामा राख्न अदालतको आदेश, तिहार पनि हिरासतमै | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

महरालाई थप सात दिन थुनामा राख्न अदालतको आदेश, तिहार पनि हिरासतमै

mahara_pakrau

काठमाडौं, ७ कात्तिक । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो । त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

संसद सचिवालयकी एक कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि प्रहरीले महरालाई गत असोज १९ गते साँझ सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि म्याद थपको माग अदालतसमक्ष गरेको थियो । अदालतको आदेशसँगै महराको तिहार पनि हिरासतमै बित्ने भएको छ ।