निवर्तमान सभामुख महरा पुर्पक्षका लागि जेल चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

निवर्तमान सभामुख महरा पुर्पक्षका लागि जेल चलान

Krishna_Mahara

काठमाडौं, १८ कात्तिक । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई बलात्कार अभियोगमा थप अनुसन्धान गर्न पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अदालतकाे आदेशसँगै महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

पीडितले दिएको जोहरी, घटनास्थलको मुजुल्का, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा पीडितले घटनास्थलमा दिएको बयानको आधारमा उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा महरामाथि प्रहरीले अनुसन्धान गरेको थियो । सरकारी वकीलको कार्यालयले गत बिहीबार महराविरुद्ध जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर गरेको थियो । त्यसपछि शुक्रबार महरासँग बयान लिइएको थियो भने आईतबार र सोमबार उनीमाथि थुनछेक बहस गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);