सुन तस्करीको अभियोगमा २८ जना पुर्पक्षका लागि थुनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुन तस्करीको अभियोगमा २८ जना पुर्पक्षका लागि थुनामा

मोरङ, ८ जेठ । जिल्ला अदालत मोरङले ३८ क्वीन्टल सुन तस्करीको अभियोगमा २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशसँगै एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी संजय राउत, प्रजित केसी, सई बालकृष्ण संजेल लगायत २८ जना जेल चलान भएका छन् ।

दुई जना भने तारेखमा छुटेका छन् । प्रहरी जवान अमरबहादुर थापा र विष्णबहादुर खड्का भने तारेखमा छुटेका हुन्। सुन प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती गोरेलाई मंलबार नै पक्राउ गरि अदालतमा पेश गरेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइएको छ ।

गत माघमा युएईबाट आएको भनिएको ३८ क्वीन्टल सुन गायब भएपछि घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वका उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।

समितिले तस्करीका मुख्य नाइके र सनम हत्यामा समेत संग्लन रहेको भन्दै गोरेलाई मुख्य अभियुक्त बनाएर ६३ जनाविरुद्ध मुद्दा दायर गर्न मोरङ प्रहरीलाई भनेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);