सनमको हत्या आफुले नगरेको गोरेको बयान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सनमको हत्या आफुले नगरेको गोरेको बयान

मोरङ, ९ जेठ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) सँग जिल्ला अदालत मोरङमा बयान लिएको छ ।

बुधबार न्यायाधीश नारायण शर्माको इजलासले उप्रेतिसँग बयान लिएको हो । उप्रेतीले आफु ठुलो तस्कर नभई सानो कामदार मात्र भएको बयान दिएका छन् ।

उनले सनम शाक्यको हत्या पनि आफुले नगरेको र फसाउन खोजेको बयान दिएका छन् । बयान नसकिएकाले शुक्रबारसम्म लम्बिने अदालत स्रोतले बताएको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

गोरे मंगलबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका थिए । उनलाई गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरी अदालतमा पेश गरिएको थियो ।

यसअघि मंगलबार सुन प्रकरणका ३० अभियुक्त मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो । त्यसमध्ये एक जना धरौटीमा छुटेका छन् भने एक जनालाई सामान्य तारेखमा छाडिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);