विमानस्थलबाट सुन बाहिर निकाले वापत एसएसपी खत्रीले किलोको ५० हजार लिने गरेको गाेरेकाे खुलासा | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०७९, बिहीबार

मोरङ, १४ जेठ । ३८ क्वीन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ जेल चलान भएका छन् ।

मोरङ जिल्ला अदालतले चार दिनसम्म बयान लिएपछि न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उप्रेतीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतले चार दिन लगाएर उप्रेतीसँग ३७ पृष्ठ लामो बयान लिइएको छ।

उप्रेतीले विदेशबाट आउने अवैध सुन विमानस्थलबाट बाहिर ल्याउने काम एसएसपी श्याम खत्रीले मिलाउने गरेको बयान दिएका छन् । विमानस्थलबाट सुन बाहिर निकाले वापत एसएसपी खत्रीले किलोको ५० हजार लिने गरेको उनले खुलासा गरेका छन् ।

बयानका क्रममा उनले ठुला नेताहरुको पनि संलग्नता रहेको खुलासा गरेका छन् । उप्रेतीले आफूले नाम लिएका व्यक्तिलाई पक्राउ गरे सबै खुल्ने दाबी गरेका छन् । बयानका क्रममा उप्रेतीले आफूले सनम शाक्यको हत्या नगरेको बताएका छन् ।

 टेकराज मल्ल सहितको टोलीले करेन्ट लगाउने क्रममा सनमको मृत्यु भएको गोरेले बयान दिएका छन् । उनले सुन तस्करीमा आफू भन्दा माथिल्लो तहमा सनम शाक्य रहेको बयान दिएका छन् । सुनको हिसाब किताब सनमले राख्ने गरेको भएपनि आफूहरु भरिया मात्र रहेको बताएका छन् ।