सर्वोच्चले माग्यो बालकृष्ण ढुंगेलको कैद मिनाहा गर्ने सक्कल फाइल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सर्वोच्चले माग्यो बालकृष्ण ढुंगेलको कैद मिनाहा गर्ने सक्कल फाइल

काठमाडौं, १४ जेठ । सर्वस्वसहित जन्म कैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाईल सर्वोच्चले माग गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधिशद्धय मिरा खड्का र टंकबहादुर मोक्तानको सोमबार बसेको संयुक्त इजलासले ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाईल महान्यायाधिवक्ताको कार्यालयबाट फिर्ता हुनेगरी अदालतमा झिकाउन आदेश दिएको हो ।

सरकारी वकिलहरुले ढुंगेललाई कैद सजाय मिनाहा के कारणले गराउन खोजेको हो भन्ने थाहा पाउन नसकिएको बताएपछि त्यसको सक्कल फाईल अदालतमा पेश गर्न आदेश दिइएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।

उनले बहस जारी गरेको मुद्दाका विषयमा थप भन्न नमिल्ने पनि स्पष्ट पारेका छन् । सर्वोच्चले यससम्बन्धि बहस मंगलबार पनि जारी रहने जनाएको छ ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंगेलको बाँकी कैद सजाय मिनाहा गर्ने तयारी गरेपछि त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय र ढुंगेललाई विपक्षी बनाई सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए । रिटमा ढुंगेलको कैद मिनाहाको निर्णय रोक्न अन्तरिम आदेश समेत माग गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);