चेतन परिवारको सुरक्षा व्यवस्था गर्न सर्वोच्चको निर्देश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चेतन परिवारको सुरक्षा व्यवस्था गर्न सर्वोच्चको निर्देश

SUPREME_COURT

काठमाडौं, १९ असोज । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो ।

सर्वोच्चले रिगलको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको छ । त्यस्तै मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन पनि सर्वाेच्चले आदेश दिएको छ । ३ असोजमा संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले रिगल भनिने योगराज ढकालको कैद मिनाहा गरेपछि चेतन मानन्धरकी चेतनकी पत्नी भारती शेर्पाले रिगलको कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिनुभएको हो ।

रिटमा बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले निवेदक भारती र परिवारको सुरक्षा प्रत्याभूति गराउन पनि आदेश दिएको छ । त्यस्तै रिगलविरुद्ध सर्वोच्च अदालतमा चलेको र पछि फिर्ता भएको मुद्दाको मिसिल र अरु कागजात अवलोकनका लागि पेश गर्न पनि आदेश दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);