रिगलको कैद मिनाहविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

रिगलको कैद मिनाहविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ,१५ कात्तिक । योगराज ढकाल रिगलको कैद मिनाह गरी आममाफी दिने सरकारको निर्णयविरुद्धकोे रिटमा सुनुवाइ आज हुँदैछ । सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ पूरा नभएपछि आज (बुधबार) हुने भएको हो ।

मंगलबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा भएको सुनुवाइमा सरकारी पक्षले बहस गरेकोे थियो । सरकारको तर्फबाट मंगलबार महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले बहस गरेका थिए । आज बाँकी सुनुवाइ हुनेछ ।

संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो । राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);