रिगलको कैद मिनाहा बदरको फैसलालाई रवि लामिछानेले गरे स्वागत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

रिगलको कैद मिनाहा बदरको फैसलालाई रवि लामिछानेले गरे स्वागत

काठमाडौं, १७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले योगराज ढकाल रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्नुभएको हो । उहाँले आफूहरुले कैद मिनाहाका लागि सडक र सदनमा पनि जोडदार माग गरेको र राष्ट्रपतिलाई समेत गएर भेटेको कुरा स्मरण गर्नुभयो । उहाँले सरकारले यस त्रुटीबाट पाठ सिकेर आगामी दिनमा विधिको शासनको महशुस गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सर्वोच्च अदालतको यो फैसलालाई स्वागत गर्न चाहन्छौँ । सबैभन्दा जोडदार सडकमा पनि, सदनमा पनि, प्रक्रियामा पनि र राष्ट्रपतिलाई अपील पनि गरेको विषय भएको हुनाले हामी यो फैसलाको स्वागत गर्न चाहन्छौँ । महशुस गरिदिए मात्र पनि हामी सन्तुष्ट हुन्छौँ । राजीनामा धेरै परको कुराकानी भयो । राजीनामा चोक–चोकमा मागेर हिँड्ने कुरा होइन । नैतिक रुपमा सरकारले गरेको निर्णय, सर्वोच्चले उल्ट्याएको छ, आम नागरिक, समाजले भनेकै कुरा थियो । हामीले पनि उठाउँदै आएको कुरा थियो । त्यसकारणले यसलाई मनन मात्रै गरिदिए भनेपनि त्यो राजीनामा भन्दा ठुलो हुन्छ । दिए त हुन्थ्यो नि । हामीबाट गल्ती भएको रहेछ । आगामी दिनमा यस्ता कुरामा याद गर्नुपर्ने रहेछ । विधिको शासन भन्नेकुरा पनि केही हो भन्ने महशुस गरिदिएछन् भने त्यो राजीनामा बराबर हुनेछ ।’

उहाँले संसदको चालु अधिवेशनमा जनअपेक्षा अनुरुप संसदले काम गर्न नसकेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);