हिंसा शुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुशीका लागि बहानाबाजी गर्न सकिँदैनः ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

हिंसा शुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुशीका लागि बहानाबाजी गर्न सकिँदैनः ओली

काठमाडौं, १७ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा शुरु गरेको दिनलाई विजयोत्सव मनाउनेहरुको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न नसकिने बताउनुभएको छ ।

बिहीवार संसद भवनमा बसेको संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिंसा मच्चाउने र अन्याय गर्नेहरु नै आज न्यायाधीश बनेर सरकारको साँचो बोकेर शान्ति प्रक्रिया टुंग्याउन भनेर लागेको बताउनु भयो । उहाँले क्रुर हत्या गर्नेहरुका पीडित परिवारको मुद्दालाई क्रान्ति भनेर मुद्दा नै नचलाइएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले हिंसा शुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउने प्रवृत्तिबाट कसरी शान्ति प्रक्रिया टुंगिन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले शान्ति प्रक्रिया पीडितलाई न्याय दिनेगरी हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो जसले हिंसा मच्चायो, जसले अन्याय ग¥यो, उनीहरु नै अहिले न्यायाधीश बनेका छन्, सरकारको ताला साँचो लिएर कस्सिएका छन्, शान्ति प्रक्रिया टुंग्याउन भनेर । गंगा अधिकारी गोरखा उनी अहिले पनि अनसनमै हुनुहुन्छ । अस्पतालमा छ । उनका श्रीमानको लाश अस्पतालमा छ । त्यो लाश उठाउन कुनै ध्यान छैन, यो सरकारलाई । उनको छोरो माओवादीले घिसारी घिसारी बोरामा हालेर दुई वटा मोटरसाइकलले घिसारेर मारेको छ । त्यो मुद्दा एउटा फौजदारी मुद्दा नभएर क्रान्ति हो भनेर त्यो मुद्दा नचलाएको छ । कसरी न्याय हुन्छ, तिनै मानिसहरु अहिले सरकारमा छन् । संवेदनशीलता बिल्कुल देखिँदैन, उल्टै हिंसा शुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउँछन्, महान दिवस हो भनेर । बिदा दिइएको छ । एक पटक होइन, अब सधैँ हरेक वर्ष । हिजोको हिंसाप्रति, हिजो मानिस अनावश्यक ढंगले मारिए त्यसप्रति कुनैपनि चिन्ता छैन । यस्तो मनोदशाले शान्ति प्रक्रिया कसरी सफल होला ? शान्ति प्रक्रिया पीडितलाई न्याय दिनेगरी हुनुपर्छ । विजयोत्सव मनाउनेहरु तरमाराको खुशीका लागि शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैन ।’

अध्यक्ष ओलीले सरकार संविधान मिच्ने, बहुमतको घमण्ड गर्ने र अहंकार देखाउने काममा लागेको बताउनु भयो । उहाँले स्वेच्छाचारी राज चलाउने, बलमिच्याइँ गर्ने कुरामा अहिलेको सरकार लागेको छ भन्नेकुरा रिगल ढकाललाई सर्वोच्च अदालतले आज दिएको आदेशले पनि पुष्टि गरेको बताउनु भयो । उहाँले जनतालाई त्रसित बनाउने, दुःख दिने काममा सरकार लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले देशमा संविधान मिच्ने, आफूसँग बहुमत छ गठबन्धनको भन्ने अहंकार देखाउने, अदालतल पटकपटक सचेत गराउँदा पनि ति कुरालाई नमान्ने, कानूनी राज होइन, स्वेच्छाचारी राज चलाउने, बलमिच्याइँ गर्ने जस्ता कामहरु ग¥यो । आजैमात्रै पनि सम्मानित सर्वोच्च अदालतबाट रिगल भन्ने उपनाम गरेका व्यक्तिको सम्बन्धमा जो नेपाल सरकारले सिफारिस गरेको थियो, राष्ट्रपतिले माफी मिनाहा गर्नुभएको थियो, गठबन्धनले बाजागाजा, अभिरजात्रा, फूलमालासहित त्यसलाई स्वागत गरेर लगेको थियो, अर्को एकजना सरकारले छोडेको त्यस्तै मान्छे हिजो की अस्ति गिरफ्तार भएको छ । जनतालाई त्रसित बनाउने, दुःख दिने, विषयलाई लिएर । प्रदेश १ मा एक पटक होइन, पटकपटक संविधान मिचियो । एक पटक सम्मानित सर्वोच्च अदालतले यसरी खुलेआम संविधान नमिच भनेर सरकारलाई आग्रह गरेर उल्ट्याइसकेपछि नियुक्ति बदर गरिसकेपछि नियुक्ति नै नभएको मुख्यमन्त्री काम चलाउ मुख्यमन्त्री हुन्छ भनेर दुनियाँमा कहीँ नभएको व्याख्या ग¥यो ।’

 

अध्यक्ष ओलीले कोशी प्रदेशमा बारम्बार संविधान मिच्दा पनि गठबन्धन मौन बसेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);