मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छः अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने बताउनु भयो । उहाँले आम नागरिकहरु बेलैमा सचेत भइ मिटरब्याज कारोबारमा फस्नु नहुने बताउनु भयो ।

अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको बताउनु भयो । उहाँले अबदेखि वार्षिक क्यालेण्डरका रुपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रुपमा राखिए क्यालेण्डरबाट हटाउने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);