बैंकहरुलाई ओलीको आग्रह : मिटरब्याजी साहुजस्तो निर्मम नबन्नुस | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

बैंकहरुलाई ओलीको आग्रह : मिटरब्याजी साहुजस्तो निर्मम नबन्नुस

काठमाडौं,२५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताउनुभएको छ । आईतवार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले बैंकले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्न आवश्यक रहेको बताउनु भयो ।

बैंकहरुले जुन शर्तमा व्यवसायीहरुलाई ऋण दिएको हो त्यो शर्त पालना गर्न आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ छ । उहाँले बैंक र ऋणहरुबीच ब्याजदर लगायतका विषयमा शर्त पालना नभएर दुवैपक्षबीचको सहमतिमा ब्याजदर घटबढ गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले ऋण लिनेहरुले नै बैंकहरु चलाइदिने, ब्याज तिरिदिने, पैसा गतिशील बनाइदिने भएकाले बैंक र ऋणीहरुको सम्बन्ध तनावको रुपमा नभएर सुमधुर हुन आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारले सार्वभौम सत्ताको सम्मान गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री भएको बेला बनाएको पोखरा विमानस्थलमा वर्तमान सरकारले उडान भर्न नसकेको भन्दै आपत्ति जनाउनु भयो । अध्यक्ष ओलीले पोखरा विमानस्थलबाट जहाज उडान गर्न सरकारलाई कसले रोक्यो ? भन्दै प्रश्न गर्नुभयो । चिनियाँ ठेकेदारले विमानस्थल बनायो भन्दैमा उडान गर्न नदिने विषयलाई सरकारले मान्ने काम राम्रो नभएको उहाँको टिप्पणी थियो ।

अध्यक्ष ओलीले नेपाल विकासको फड्को मार्न चाहेकाले जसले सस्तोमा बनाइ दिन्छ उसैलाई बनाउन दिनुपर्ने बताउनु भयो । जसले सस्तोमा सामान दिन्छ उसको किन्ने र महँगोमा जसले हाम्रो सामान किन्छ उसैलाई बेच्नुपर्ने बताउनु उहाँको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);