विकासका सहयोगी हुनुपर्ने बैंकहरु मिटरब्याजी भएः अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

विकासका सहयोगी हुनुपर्ने बैंकहरु मिटरब्याजी भएः अध्यक्ष ओली

काठमाडौं, १९ माघ ||
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी भएको आरोप लगाउनुभएको छ । शुक्रवार बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको ७ औं राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाउनुभएको हो । अध्यक्ष ओलीले मिटरब्याजीको जस्तो गरी तीन महिनापछि ब्याजलाई पनि सावाँमा गाभ्ने भएकाले बैंकहरु पनि मिटरब्याजी जस्तै भएको बताउनु भयो । उहाँले बैंकहरुले ऋणीले लिएको कर्जाको ब्याज तीन महिनामा सावाँमा गाभ्न नहुने उल्लेख गर्दै त्यस्तो गरे मिटरब्याजीसरह हुने बताउनु भयो । उहाँले बैंकबाट कर्जा लिनेले पनि लगानी गरेर प्रतिफल आएपछि तिर्ने भएकाले बैंकले त्यहीअनुसार बुझ्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष ओलीले प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र बैंकको ब्याजदर दोब्बर बनाएर बैंकले मात्रै कमाउने तरिका ठिक नभएको उल्लेख गर्नुभयो । उहाँले बैंकको ऋण नतिर्ने आन्दोलन बैंकहरुले नै बनाएको आधारमा भएको दाबी गर्नुभयो । उहाँले बैंकहरुले ऋण आवश्यक नभएकालाई नै बिना धितोमा ऋण दिने गरेको दाबी गर्नुभयो । उहाँले बैंकको ऋण सदुपयोग भए÷नभएको अध्ययन र अनुगमन गर्न आवश्यक रहेको पनि बताउनु भयो । कर्जा दिँदा लिएको धितो छ भन्दैमा धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्रै बैंकको काम नभएको अध्यक्ष ओलीको भनाई छ । बैंकहरुले ऋणीलाई कर्जा दिँदा ब्याजदर घटाउन÷बढाउन सकिने उल्लेख गरेको भएपनि बैंकहरुले एकतर्फी रुपमा बढाउने काम मात्रै गरेको उल्लेख गर्नुभयो । उहाँले बैंकबाट कर्जा लिँदा दुई पक्षिय सहमति बिना ब्याजदर घटबढ गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले बैंकका निक्षेपकर्ता र ऋण लिनेहरु नै बैंकका जीवन भएको बताउनु भयो । बैंकहरु नाफाखोर, निर्मम साहुजी नभएको भन्दै बैंक विकासका सहयोगी भएको बताउनु भयो ।
उहाँले नेपालमा बीमा कर कापले गर्ने गरेको बताउनु भयो । उहाँले करले गरेको बीमाको तीन किस्तासम्म तिर्ने त्यसपछि बीमा अलपत्र पर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले अलपत्र परेको बीमा कम्पनीको नाफामा जाने तर बीमा गर्नेले उसको लागत कटाएर पैसा फिर्ता गर्न नजानेको बताउनु भयो । उहाँले बीमा गरेर प्रिमियम तिर्न नसक्दा बीमकको पैसा ल्याप्स हुन नहुने बताउनु भयो । अध्यक्ष ओलीले देश अहिले राजनीतिक,सामाजिक र आर्थिक हिसावले अफ्ठ्यारो स्थितिमा रहेको बताउनु भयो । उहाँले देशमा डरलाग्दो संस्कृति अभाव खड्किरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);