उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्योः अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८१, शनिबार

उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्योः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीहरु बैंकका आसामी मात्रै नभएकाले बैंकहरु साहुजीजस्तो नभइ उद्योगीको सहयोगी हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधवार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान बिषयक कार्यक्रम’मा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालका बैंकहरुले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको बताउनु भयो । उहाँले बैंक र उद्योगीहरुबीच साहु र ऋणीजस्तो सम्बन्ध हुन नहुने बताउनु भयो । उहाँले उद्योग समस्यामा परेको खण्डमा बैंकले थप ऋण दिएर माथि उठाउन सहयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले पुष्पकमल दाहाल नेतृत्वको सरकार उद्योगी व्यवसायीहरुको लागि असहयोगी भएको दाबी उल्लेख गर्नुभयो । उहाँलेउद्योग बन्द हुँदा व्यवसायीहरु अफ्ठ्यारोमा पर्दा सरकारले ध्यान नदिएको बताउनु भयो। उहाँले अहिलेको समयमा उद्योगी व्यवसायी समस्यामा परेकाले ऋण तिर्ने समय बढाएर सरकारले सहजीकरण गर्नुपर्ने बताउनु भयो। उहाँले उद्योगी व्यवसायी नभएर बैंकको व्यवसाय चल्ने अवस्था नभएको भन्दै उद्योगी व्यवसायीहरुले बैंकको कारोबार चलाइदिएको बताउनु भयो ।

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु रहेको बताउनु भयो । उहाँले आयोग बन्न नदिएर सरकारले सुन तस्करी प्रकरणमा अहिलेसम्म गरेको सफलता भनेको सयबाट ६१ मा झार्नु रहेको बताउनु भयो । उहाँले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको बताउनु भयो । सरकारले अरु अनेक आइटममा समेत चोरी पैठारी भइरहेको बताउनु भयो । उहाँले सुन कुबाटोबाट भनै धेरै बगिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले ३३ किलो सुन आउँदासमेत त्यसको लगानी कर्ताको खोजि हुन नसकेको बताउनु भयो । उहाँले निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको बताउनु भयो । उहाँले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय माग गरेको आरोप लगाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);