नेपाल-भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरीः उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

नेपाल-भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरीः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल-भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी रहेको बताउनुभएको छ ।

बुधवार नेपाल—भारतमैत्री समाजको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र भारतमा उपलब्ध श्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधिलाई प्रयोग गरेर विकास निर्माणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षालाई दुवै देश एक आपसमा मिलेर समाधान गर्नुपर्ने बताउनु भयो ।

उहाँले विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रुपमा अघि बढ्नसके मात्रै दुवै देशले सोचेको विकास निर्माण हुनसक्ने बताउनु भयो । उहाँले भएका मनमुटावलाई सँगै बसेर छलफलका माध्यमबाट समाधान गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष यादवले एक अर्का देशबीच एकअर्काको हीतलाई समेटर अघि बढ्न जरुरी रहेको बताउनु भयो । नेपालका नागरिकहरु भारत गएपछि फर्किंदा र भारतका नागरिक नेपालबाट फर्किंदा समस्या झेल्नुपरेको भन्दै त्यसलाई समाधान गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);