राखेप सदस्य श्रेष्ठ र पदक विजेता खेलाडीलाई सम्मान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

राखेप सदस्य श्रेष्ठ र पदक विजेता खेलाडीलाई सम्मान

काठमाडौं, २३ भदौ । राष्टिय खेलकुद परिषद्का नवनियुक्त बोर्ड सदस्य सम्पन्न श्रेष्ठलाई बधाई तथा प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स च्याम्पियनसिप २०७७ मा पदक बिजेता खेलाडीलाई सम्मान गरिएको थियो । नुवाकोट जिल्ला मार्शल आर्टस संघले आयोजना गरेको च्याम्पियनसिपमा कास्कीबाट सहभागी कृतिका गिरी र अन्जना परियारले कास्य पदक जितेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बाका राजनितिक सल्लाहाकार गोबिन्द बहादुर नेपाली, हाप्किडो संघ गण्डकी प्रदेश उपाध्यक्ष तारा माया थापा मगर, खेदकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की अध्यक्ष दिपकबहादुर गोदारले राखेप सदस्य श्रेष्ठ र खेलाडी गिरी र परियारलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गर्नु भएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्रीका सल्लाहाकार नेपालीले खेलाडीले खेलेरै बाच्न सक्ने अवस्था सृजना गर्नुपर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले खेलाडीलाई खेलेरै जिवनयापन गर्नसक्ने वातावरण सृजना गर्नेगरि नीति तथा योजना निर्माणमा केन्द्रीत रहेको बताउनु भएको थियो । उहाँले सफलता प्राप्त गर्न लगाव, ईमानदारीता र निरन्तरता हुनुपर्ने बताउनु भयो । खेललाई जिवन संग जोडनुपर्ने र त्यस्तो हुन नसके विस्थापित तथा पलायनको अवस्था आउने बताउनु भयो ।

नवनियुक्त बोर्ड सदस्य सम्पन्न श्रेष्ठले २२ बर्ष खेलाडीका रुपमा खेल्दै अहिले यो स्थान सम्म आएको स्मरण गदै खेलकुद क्षेत्रको बिकास खेलाडीको पक्षमा काम गर्ने बताउनुभयो । उहाँले खेलाडीको मर्म, भावना र पीडा आत्मसाथ गरेको बताउनुभयो ।

हाप्किडो संघका गण्डकी प्रदेश उपाध्यक्ष तारामाया थापामगरले नेपालमा मार्शल आर्ट्स खेलको सम्पुर्ण बिधालाई सरकारले विभेद गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘खेलाडी भनेको राष्ट्रको गहना हुन् । खेलाडीलाई पहिचान गर्न सके राष्ट्रको पहिचान, परिवर्तन, विकास र समृद्धी हुनेछ । नेपालमा रहेको सबै खेललाई समान ढंगले, समान अधिकार, सेवा-सुविधा, पुरस्कार, इज्जत, मान-सम्मान दिनुपर्छ । किनकी अन्तर्राष्ट्रिय स्तरमा मार्शल आर्ट्स खेलले धेरै भन्दा धेरै पदक लिएर नेपालको इज्जत, मान-प्रतिस्ठा र गौरव बढाएको छ ।’

थापामगरले हाप्किडो खेलको संगठन सातै प्रदेश को ५० जिल्लामा समिती गठन भएको र जिल्लाहरुमा हजारौ खेलाडीहरुले नियमित प्रशिक्षण गरिरहेको बताउनुभयो । उहाँले हाप्किडो केन्द्रिय संघको पोलिसी अनुसार हाप्किडो खेल कार्यक्रम मार्फत युवा खीलाडीहरुलाई शिक्षा र खेललाई चेतना र जागरण रुपमा अभियान चलाएको बताउनुभयो । साथै खेलाडीलाई उत्पादन व्यवसायी र रोजगारीलाई पनि जोड दिएको बताउनुभयो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीले खेलकुदमा गफ भन्दा काम गर्ने नेतृत्वको आश्यकता रहेको बताउदै खेल पदाधिकारीले खेलकुद र खेलाडीको पक्षमा काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की अध्यक्ष दिपकबहादुर गोदारले खेलाडीहरुलाई चाहिने पुर्वाधार र प्रशिक्षमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम कास्की जिल्ला हाप्किडो संघका अध्यक्ष मदन जिसीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव रविन गुरुङले गर्नुभएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);