नेसन्स लिग अन्तर्गत आज फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुदैँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेसन्स लिग अन्तर्गत आज फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुदैँ

एजेन्सी,२३ भदाै । यूरोपेली नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुदैँछ। विश्वकप फुटबल विजेता फ्रान्सले आज घरेलु मैदानमा विश्वकप उपविजेता क्रोएसियासँग खेल्ने लागेको हो ।

दुई टिमबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ । फ्रान्स लगातार दोस्रो खेल जित्ने दाउमा छ । स्टार स्ट्राइकर केलियन एमबाप्पेको अनुपस्थितीले फ्रान्समाथि दवाब छ । कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि एमबाप्पे नखेल्ने भएका हुन् ।

यसअघि गत शनिबार स्विडेनविरुद्ध १–० गोल अन्तरको जितमा फ्रान्सका लागि एमबाप्पेले नै निर्णायक गोल गरेका थिए । सोमबार एमबाप्पेलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी मिडफिल्डर पाउल पोग्बा समेत कोरोना संक्रमणकै कारण टिममा नरहेको अवस्थामा फ्रान्स थप दवाबमा छ ।

क्रोएसिया भने पहिलो जितको खोजीमा छ । पहिलो खेलमा पोर्चुगलसँग ४–१ गोल अन्तरले पराजित भएको क्रोएसियाका लागि आज जित्नै पर्ने दवाब छ । क्रोएसिया फ्रान्सविरुद्ध सन् २०१८ को विश्वकपको फाइनलमा व्यहोरेको हारको बदला लिने दाउमा छ । आजै पोर्चूृगल र स्विडेन तथा बेल्जियम र आइसल्याण्डबीच पनि खेल हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);