फ्रान्स विश्वकप फुटबलको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

फ्रान्स विश्वकप फुटबलको फाइनलमा

francebeatbelguim

एजेन्सी , २७ असार । बेल्जियमलाई १–० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे ।

चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो । बेल्जियमले गोलका केही सुन्दर अवसरहरु पनि सिर्जना गरेको थियो । तर, गोल गर्न असफल हुँदा पहिलो पटक फाइनल प्रवेश गर्ने अवसरबाट वञ्चित भयो । बलमाथिबेल्जियमको नियन्त्रण बढी भए पनि एक गोल गर्दा खेल जित्न फ्रान्स सफल भयो ।

यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप जितेको थियो । सन् २००६ को फाइनलमा भने इटलीसँग पराजित भएको थियो ।

अब उसले उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । आज सेमिफाइनलको दोस्रो खेलमा लागि इंग्ल्याण्ड र क्रोएसियाबीच भिन्त हुँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);